
आरके श्रीवास्तव,गरुडा,फागुन ३० गते
रौतहटमा महिला जनप्रतिनिधिहरुको प्रशिक्षण तालिम दिइएको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाका महिला जनप्रतिनिधिहरु लाइ तालिम प्रदान गरिएको हो । गत ४ दिन देखि चलिरहेको प्रशिक्षण तालिम आज हिमालयन होटेल चन्द्रपुरमा सम्पन्न भएको छ ।
माण्डवी संँस्थाको आयोजाना र आइ.एफ.इ.एसको प्राविधिक सहयोगमा संचालित शी लिडस् परियोजना अन्तर्गत सो तालिम दिइएको हो । चन्द्रपुर नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनितिक क्षमतामा विकासका लागि चौथो मोडयूलको प्रशिक्षण तालिम मंगलवार सम्पन्न भएको छ ।
सो तालिममा १८ जना निर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा आफ्नो व्यक्तिगत उत्थनशीलता,बजेट निर्माण प्रक्रिया ,योजना तर्जुमाका प्रक्रियाहरु,वार्ताका अवस्थाहरु तथा वार्ताका तरिकाहरु लगायत पैरवीका अवस्था तथा पैरवीका तरिकाहरुका बारे जानकारी दिइएको माण्डवीका अनुगमन तथा मुल्यांकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।
सो प्रशिक्षण कार्यक्रमबाट आफुहरुले सिकेका ज्ञानहरुलाई व्यवहारमा लागु गरी आफ्ना वडाको विकास गर्ने सहभागिहरुले प्रतिक्रिया दिए । प्रशिक्षण कार्यक्रम फाल्गुन २७ गते देखि ३० गते सम्म चलेको थियो । कार्यक्रममा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको प्रशीक्षणद्धय पुनम ठाकुर तथा संजय कुमार यादवले जानकारी गराए ।
सो अवसरमा माणंडवीका सुरेन्द्र राय यादव तथा ममता सिंहको समेत उपस्थिति रहेको थियो । माण्डवी सँस्थाले विगत वर्ष देखि निर्वाचित महिलाहरुको क्षमता विकास सम्बन्धि विभिन्न मोडयूलका प्रशिक्षणहरु दिदै आईरहेको छ ।
