Breaking News

मौलापुरमा स्थानीय सरकारसंग अनुमति नै नलिई शान्ति सेन्ट्रल हस्पिटल सञ्चालनमा

आरके श्रीवास्तव,गरुडा,फागुन २९ गते

रौतहट जिल्लाको मौलापुर नगरपालिका–५ मौलापुर बजारमा स्थानीय सरकारसंग अनुमति नै नलिई शान्ति सेन्ट्रल हस्पिटल सञ्चालनमा रहेको पाइएको छ । मौलापुर नगरपालिकासंग अनुमति नै नलिई विगत केही वर्षदेखी गौरकानुनी तरिकाले सो हस्पिटल सञ्चालनमा रहेको भेटिएको हो ।

अबैध रुपमा सञ्चालित शान्ति सेन्ट्रल हस्पिटलको चरम लापरवाही एवं बदमासीका कारण केही दिन अघि मात्र दुई जना बिरामीको मृत्यु भएको बताइएको छ । सो हस्पिटलको लापरवाहीले अस्पतालमा उपचार गराउन आएका मौलापुर नगरपालिका–६ पथरा बुधरामका नरेश महतो र बाराको आदर्श कोत्वाल गाउँपालिका–४ का ४० वर्षिय भगल पटेलको अकालमै ज्यान गएको पिडित परिवारले जनाएको छ ।

अस्पतालमा उपचार नै सम्भव हुन नसकेको अवस्थामा अन्यत्र रेफर गर्नुको सट्टा सो अस्पतालले पैसाको लोभमा बलजबरजस्ती तिन दिनसम्म राखेको कारण समयमै उपचार हुँन नसक्दा विरामी नरेश महतोको ज्यान गएको श्रोतको दावी छ । त्यस्तै अस्पतालको यस्तै लापरवाहीले अर्का विरामी भगल पटेलको समेत ज्यान गएको बताइएको छ ।

सो अस्पतालले मानवको स्वास्थ्य जिवनसंग यसरी दिनदहाडै खेलवाड गरिरहँदा समेत नियमनकारी निकायले कुनै ध्यान दिन सकेको छैन् । मानवको स्वास्थ्य जिवनसंग खेलवाड गर्ने शान्ति सेन्ट्रल हस्पिटलका सञ्चालकलाई पक्राउ गरी हदैसम्मको कार्यवाही गर्न स्थानीयहरुले माग गरेका छन् । पैसा कमाउने प्रलोभनमा सो अस्पतालले विरामीको जिवनसंग नै खेलवाड गर्ने काम गरिरहेको भन्दै स्थानीयहरुले अस्पताल सञ्चालकलाई कार्यवाही गर्न सम्न्धित निकायसंग जोडदार माग गरेका छन् ।

यस विषयमा अस्पतालका सञ्चालक चन्दन शर्मा सँग बुझदा आफूहरुले अस्पताल दर्ताका लागि आवश्यक कागजातहरु नगरपालिकामा बुझाएको बताए । तर स्थानिय तहले प्रमाणपत्र भने नदिएको सिवकार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar