Breaking News

फतुवा बिजयपुरमा प्रभावकारी भएन हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान

आरके श्रीवास्तव,गरुडा,फागुन २८ गते

रौतहटको फतुवा बिजयपुरमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान प्रभावकारी देखिएको छैन् । गत फागुन ११ गते देखि फतुवा बिजयपुर नगरपालिका अन्तर्गत रहेको टोल,स्वास्थ्य संस्था तथा कार्यालयहरुमा गइ प्रत्यक्ष रुपमा स्वास्थ्यकर्मीको निगरानीमा एक मात्र डोज हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरी हात्तीपाइले रोगको निर्वान गर्न कार्यक्रममा नगरपालिका प्रशासन,स्वास्थ्यकर्मी र स्वास्थ्य संयोजकको लापारवाही तथा कमीकमजोरीका कारण धेरै जसो व्यक्ती सो औषधी सेवन नगरेको पाइएकोले यसले राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान २०७९ प्रभावकारी नहुने र लक्ष्य प्राप्ती गर्न नसकिने जानकारहरु बताउँछन् ।

आम औषधी सेवन अभियान सफल बनाउन सम्बन्धित संस्था तथा स्थानिय निकायले सर्व साधारणलाइ यसको प्रभाव,असर खानुको फाइदा तथा बच्ने उपाय सम्बन्धि परार्मश र सम्झाइ बुझाइ नगरी सिधैं औषधी दिने गरेको पाइएको छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा एक मात्र औषधी सेवन गराउनुको सट्टा सम्पूर्ण परिवारको औषधी एक जना घरमूलीको जिम्मा लगाइ जाने गरेको कारण पछि औषधी सेवन नगरी फाल्ने गरेको,हाइट अनुसार मात्रा मिलाएर औषधी खानुपर्नेमा स्वास्थ्यकर्मीको अप्रत्यक्ष निगरानीमा औषधी सेवन गर्दा मात्रा नमिलेको पाइएको जस्ता कारणले यो अभियान सफल हुन नसक्ने अवस्था देखिएको छ ।

फतुवा बिजयपुर वडा नम्बर ४ टेंग्राहाका दर्जनौं व्यक्तीहरु परामर्श र औषधी सेवनको मात्रा र महत्वको बारेमा अनभिज्ञ हुँदा स्वास्थ्यकर्मीहरु द्धारा पाएको औषधी आलसम्म सेवन नगरी कागज बेरेर घरमै राखेको बुझिएको छ । तराइको रौतहट,बारा,पर्सा,सर्लाही लगायतका जिल्लाहरुमा यस्ता रोगीको संक्रमित बढदै गएका कारण तराइका जिल्लामा निवारण गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा १ मात्रा ओषधी सेवन गराउने लक्ष्य राखि नेपाल सरकारले यो राष्ट्रिय आम औषधी सेवन अभियान २०७९ संचालन गरेको हो ।

जिल्ला भरी फागुन २५ गते सम्म संचालन गरिएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेर अभियानलाई निरन्तरता दिएको छ । यसअघि फागुन २५ गतेसम्म हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने समयसिमा तोकिएको भए पनि मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको हो । यता यस विषयमा फतुवा बिजयपुरका स्वास्थ्य संयोजक रघुनाथ साह सँग बुझदा ३४ हजार मानिसहरु अहिलेसम्म औषधी सेवन गरि सकेको जानकारी गराए ।

साथै उनले हात्तिपाईले रोग बिरुद्धको औषधी घरमूलीको जिम्मा लगाइने घटनालाइ स्विकार गरे । उनको भनाइ अनुसार २५ प्रतिशतले औषधी हातमै लिएको छ । सबैभन्दा बढी सन्तपुरमा यस्तो पाइएको बताए । बेलैमा सरकारले यस तर्फ ध्यान नदिने हो भने हात्तिपाईले रोग बिरुद्धको औषधी सेवन अभियानमा सरकारको लगानी खेर जाने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar