Breaking News

आज मंगलबार परेको हुनाले मधेशकाे अधिकांश ठाउँमा भोलि(बुधबार) होलि मनाइने


आरके श्रीवास्तव,गरूडा,फागुन २३ गते
आज मंगलबार परेको हुनाले मधेशकाेअधिकांश ठाउँमा भोलि(बुधबार) होलि मनाइने भएको छ भने केहि ठाउँमा आजै हाेली पर्व मनाइदैछ ।

आज फागु अर्थात होली पर्व, देशका पहाडी जिल्लामा हर्षोल्लासका साेमबार हाेली पर्व मनाइएको छ । भने आज तराई मधेसमा आज हाेली परेको छ । तर मंगलबार अधिकांश मानिसहरू माछामासु नखाने भएकोले बुधबार हाेली मनाइने भएको जानकारहरू बताउँछन् ।

हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावकासाथ विभिन्न रङ,अबिर सँग हाेली खेली मनाउने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
राैतहट सहितका तराई मधेसमा साेमबार राति हाेलीका दहन गरिएको छ । शान्तिपूर्ण तरिकाले निकै उत्साहका साथ होली मनाइदै छ ।
शान्त र मर्यादित भएर होली पर्व मनाउन आग्रह गर्दै प्रहरी प्रशासनले जबरजस्ती कसैलाई लोला हाल्ने वा रंग अबिर दल्ने काम नगर्न आग्रह गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar