
सिरहा, २१ गते फाल्गुन
सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा सामुहिक हरियो तरकारी बजारीकरणको लागि व्यापारी, सेवा प्रदायक र किसान बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आईतबार नगरपालिकाको वडा नं ७ मा जनकल्याण तरकारी समुह र फुलकाहाकट्टी तरकारी उत्पादन कृषक समुह हरु बिच एक दिने अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि) जनकपुर करिडोर कार्यालय जनकपुरधामको आयोजनामा तरकारी आपूर्ति शृंखला सम्बध व्यापारी सेवा प्रदायक र किसान बिच दिगो बजार विस्तार को लागि अन्तरक्रिया गरिएको थियो । साथै तरकारी उत्पादन वृधि गर्न सेवा प्रदायक र उत्पादक बिचको सम्बन्धलाई सहजीकरण गर्ने र तरकारी ब्यबसायीकरण को लागि सम्बन्धित आपूर्ति श्रृंखलाको दृष्टिकोण अभिवृद्धि गर्ने सहयोग गर्ने गरेको समृधि आयोजना का आपूर्ति शृंखला सुपरिवेक्षक श्री विष्णु देव झाले बताउनु भयो ।
त्यसैगरी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरु बिच लागत र मुल्य बारे बार्ता, सामुहिक बजारीकरण को सुरुवात गर्न तरकारी उत्पादक कृषक समुहहरु र व्यापारी /संकलन कर्ताहरु बिच खरिद बिक्रि सम्झौ समेत भएको बताईएको छ । तरकारी समुह हरु लाई” बार्षिक तरकारी उत्पादन योजना, बेमौसमी खेत गर्ने प्रक्रिया तथा गुणस्तरीय बिउ बिजन का यसका फाइदाबारे समेत शिव बिज भण्डार का संचालक श्री शिव कुमार महतो बाट जानकारी गराएको थियो ।
साथै सो कार्यक्रममा तरकारी व्यापारी श्री राम भरोश कापर तथा बगहा कृषि सहकारी संस्थान लिमिटेड कर्जन्हाका अध्यक्ष श्री राम कुमार महतो बाट सहकारी र समृधि आयोजनाको सहयोगमा संचालन रहेको सामुहिक तरकारी बजारीकरण बारे आ आफ्नो अनुभव राखेका थिए । साथै सामुहिक बजारीकरणको सुरुवात मिति २०७९/१२/३ गते देखि गर्ने समेत कार्यक्रममा छलफल भएको छ। सो कार्यक्रम मा आयोजना का आपूर्ति शृंखला सुपरिवेक्षक श्री प्रकाश खड्का को सहभागिता रहेको थियो
