Breaking News

बरहथवामा व्यापारी,सेवा प्रदायक र किसान बिच अन्तरक्रिया

सर्लाही,फागुन १९ गते
सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा व्यापारी,सेवा प्रदायक र किसान बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज सो नगरपालिकाको वडा नम्बर १३ मा एक दिने अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि ) जनकपुर कोरिडोर कार्यालय जनकपुरधामको आयोजनामा तरकारी आपूर्ति श्रृखला सम्बद्ध व्यापारी,सेवा प्रदायक र किसान बिच व्यापार विस्तार र समन्वयका लागि अन्तरक्रिया गरिएको थियो । श्री जानकी महिला कृषक समुहमा आबद्ध किसानहरुको सहभागिता रहेको थियो । श्री जानकी महिला कृषक समूहका अध्यक्षको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रमको मुख्य उदेश्य समूहहरू द्वारा उत्पादन गरिएका हरियो तरकारीहरूलाई सामुहिक बजारीकरण मार्फत बिक्री गर्नु रहेको छ । साथै समुहहरूलाई वार्षिक तरकारी उत्पादन योजना ,बेमौसमी तरकारी खेती गर्ने प्रक्रिया, गुणस्तरीय विउविजन र यसका फाईदा बारे समेत सेवा प्रदायक,व्यापारीहरुलाइ आयोजनाका कर्मचारी बिष्णु देव झा द्वारा जानकारी गराईएको थियो । सो अवसरमा कृषि प्राविधिक सुरेन्द्र प्रसाद साह,तरकारी व्यापारी नरेश महतो लगायत कृषकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar