Breaking News

३५ दिनभित्र कम्पनी प्रोफाइल पठाउन आयुर्वेद उद्योगहरूलाई निर्देशन

काठमाडौं, १९ फागुन

औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सूचित गरेको छ ।

उद्योगहरूको डाटाबेस निर्माणका लागि उत्पादन गरिरहेको औषधिको सूची, स्वीकृत नक्सा लगायतका कागजात पठाउन विभागले आग्रह गरेको हो ।

साथै विभागमा दर्ता भई सञ्चालनमा नआएका उद्योगहरूले सञ्चालन गर्न नसक्नुको यथेष्ट कारण पेस गर्न पनि विभागले निर्देशन दिएको छ ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar