Breaking News

रौतहटको शिवनगरमा खोजी मेनपावरको शाखा समुद्धघाटन

आरके श्रीवास्तव,गरुडा,फागुन १२ गते

रौतहटमा खोजी रिक्वायरमेन्ट सर्भिस प्रा.लि.मेनपावरको शाखा खुलेको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ स्थित प्रसिद्ध धार्मिक स्थल शिवनगरमा आज सो मेनपावरको शाखा कार्यालय समुद्धघाटन गरिएको छ । एक कार्यक्रमका बिच प्रमुख अतिथी शेख जमसैदले खोजी रिक्वायरमेन्ट सर्भिस प्रा.लि. शिवनगर शाखाको समुद्धघाटन गर्नु भयो । कार्यक्रमको अध्यक्षता गरुडाकी पूर्व उपमेयर रंगिला देवी जयसवालले गरेकी थिइन् ।

शाखा कार्यालय खुलेपछि विदेश जानको लागि स्वास्थ्य जाँच बाहेक सबै काम यसै शाखा बाट हुने सञ्चालक तुल्सी जयसवालले जानकारी गराउनु भयो । विदेश जाँदा ठगीमा पर्ने,विदेशमा अलपत्र पर्ने जस्ता घटनाहरु घटने गरेको सवैविदितै छ । तर शिवनगरमा खोजी रिक्वायरमेन्ट मेनपावरको शाखा खुलेपछि यो झंझट समाप्त हुने जयसवालको भनाइ छ । हामी ग्यारेण्टीका साथ विदेश पठाउने छौं । निर्धक भएर यसै मैनपावर मार्फत वैदेशिक रोजगारीमा जान उनले अनुरोध गरे ।

खोजी रिक्वायरमेन्टले मलेसिया पठाउने काम मात्र गर्ने सञ्चालक जयसवालले बताए । तत्काल मलेसियाको लागि बैदेशिक रोजगारीमा जानेहरुका लागि अवसर रहेकोले मौकाको फाइदा उठाउन उनले अपिल गरेका छन् । शाखा खुलेपछि ग्रामीण भेगका यूवाहरुलाइ धेरै सहयोग पुगने देखिन्छ । वैदेशिक रोजगारीमा जानेहरुका लागि स्वास्थ्य जाँचको लागि रौतहटमै व्यवस्था गराइ दिनु हुन सम्बन्धित निकाय सँग वहाँले आग्रह गरे । काठमाण्डौं गएर स्वास्थ्य जाँच गराउन धेरै खर्चिलो हुने भएकोले जिल्लामै यदि व्यवस्था भयो भने सर्वसाधारणका लागि राहत हुने थियो । यो शाखा सञ्चालनमा सबैको साथ सहयोग पाउनेमा आफू आशावादी रहेको बताउनु भयो ।

यूवा व्यवसायी तुलसी जयसवाल गरुडाका चर्चित व्यवसायी धर्मनाथ जयसवाल र गरुडा नपाकी पूर्व उपमेयर रंगिला देवी जयवालका सुपुत्र हुन् । उदघाटन कार्यक्रम पछि होली शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजन गरिएको थियो । कार्यक्रममा प्रदेश सांसदहरु कृष्णा यादव,सुनिल कुमार यादव जितेन्द्र,इप्रका गरुडाका डिएसपी छेदिलाल कामती,गरुडा नपाकी उपमेयर पुनम कुमारी चौधरी,कटहरिया नपाका मेयर अजय प्रकाश जयसवाल,वृन्दावनका पूर्व मेयर रामस्नेही यादव लगायत हजारौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar