Breaking News

कृषि मन्त्री साहलाई मध्य रौतहटमा भव्य स्वागत

आरके श्रीवास्तव,गरूडा,फागुन ११ गते

संघीय सरकारका नवनियुक्त माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साह लाई बिहीबार मध्य रौतहटको गरूडामा भव्य स्वागत गरिएको छ । मन्त्री साहलाई विरेन्द्र राजमार्ग स्थित गरूडमा रहेको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यालय गरूडामा भव्य स्वागत गरिएको हो । मन्त्री साहलाई स्वागत गर्न परियोजनाका कार्यालय प्रमुख दिपक कुमार मिश्रको नेतृत्वमा मूल गेटमा ताँतीमा बसेका थिए ।

स्वागत पछि परियोजना कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख मिश्रले गत आर्थिक वर्ष २०७८र०७९ र चालू आ।व।२०७९र८० को कामको बारेमा मन्त्री साहलाई ब्रिफिङ्ग गर्नु भएको थियो । साथै बनाना रिसोर्ट बाट ल्याएर बनाइएको परिकारहरूको डिस्प्ले युनिट पनि राखिएको थियो । साथै मन्त्री साहलाई परियोजना कार्यालयको तर्फबाट सम्मान पनि गरिएको थियो । कार्यक्रमलाई समबोधन गर्दै मन्त्री साहले परियोजनाले गरेका कामहरू लाई प्रशंसा गर्नु भएको थियो । साथै वहाँले रौतहटमा छिट्टै अर्गानिक मलको फैकट्री सञ्चालन गरिने पनि जानकारी गराउनु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar