
आरके श्रीवास्तव,गरुडा,फागुन १० गते
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर १ भसेडवा टोल बडेडवामा रहेको श्री राम जानकी मठमा आज देखि श्री विष्णु महायज्ञ औपचारिक रुपमा शुरु भएको छ । एक कार्यक्रमका बिच सो वडाका वडा अध्यक्ष भूपेन्द्र महतो कोइरीले उद्धघाटन गर्नु भयो । मंगलवार देखि शुरु भएको विष्णु महायज्ञमा १ हजार ५ जना कन्या द्वारा कलश यात्रा निकालिएको थियो ।
लालबकैया नदिबाट जल बोझी गरि बरेडवा सम्म कलश यात्रा निकालिएको थियो । बुधवारबाट सुरु भएको यज्ञमा विष्णु भगवानको ५२ अवतारको मुर्ति समेत बनाइएको छ । विष्णु महायज्ञ मेला ९ दिन सम्म लाग्ने आयोजकले जानकारी गराएको हो ।
नौ दिवसीय श्री विष्णु महायज्ञ एवं श्रीमद्भागवत कथा हुने भएको छ । यस विष्णु महायज्ञमा श्रीमद्भागवत कथाका बारेमा जानकारी गराइने बुझिएको छ । यस महायज्ञमा सम्पुर्ण देशवासीहरु लाई उपस्थित र यथासम्भव सहयोग गरि सफल पारि महापुण्यको भागि बनिदिनुका लागि आयोजकले अनुरोध समेत गरेको छ ।
