Breaking News

साधना लघुवित कटहरियाले किसानहरूलाई दियाे तरकारी खेती सम्बन्धि तालिम

मँजय राम,कटहरिया,०९ गते फाल्गुन

राैतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ६ मा रहेकाे साधना लघुवित वित्तीय संस्था लि.ले आज तरकारी खेती सम्बन्धि तालिम दिएकाे छ । साे नगरपालिकाकाे कटहरियामा रहेको विवाह मण्डप भवनकाे सभाहलमा आफना काराेबार सदस्यहरू लाई एक दिने तरकारी खेती तालिम गराएकाे हाे । साधना लघुवित वित्तीय संस्था लि.मा आबद्ध काराेबार सदस्यहरू सिपसिकेर सदुपयोग गरि आर्थिक अवस्था मजबुत पार्ने उदेश्यले साे तालिम दिइएको हाे ।

ग्रामीण विकासकाे आधार,लघुवितमा प्रविधिकाे विस्तार भन्ने मूल नाराका साथ मंगलबार सिपमूलक तालिम गराइएकाे हाे । साे तालिममा प्रशिक्षक कृषि प्राविधिक प्रदिप कुमार साह र कृषि प्राविधिक प्रियंका यादवले प्रशिक्षण दिनु भएको थियाे । तरकारी खेती तालिममा लघुवित बैंकमा आबद्ध ३० सदस्यहरू सहभागी रहेकाे शाखा प्रबन्धक रजनिश कुमार प्रजापतिले जानकारी गराउनु भयाे । तालिम समापन पछि सहभागीहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएकाे थियाे ।

साथै उपस्थित पत्रकारहरूलाई पनि सम्मान गरिएको थियाे । तालिममा सहभागीहरूलाई फर्सी खेती,घिराैला खेती,साग,लाैका लगायतका तरकारीहरूकाे खेती कसरी गर्ने बारे जानकारी गराइएको थियोे । तरकारी खेतीकाे लागि हावापानी,माटाे,मलखाद,सिंचाइ,तरकारीको जात बारेमा विस्तृत रूपमा जानकारी गराइएकाे थियाे । साे तालिममा साधना लघुवित वित्तीय संस्था जलैया चाैकमा कार्यरत सहायक प्रबन्धक अरबिन्द कुमार यादव,कनिष्ठ सहायक कृष्ण राउत,कनिष्ठ सहायक उमाशंकर साह लगायतले सहजीकरण गर्नु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar