
मँजय राम,कटहरिया, फाल्गुन ०६ गते
रौतहट जिल्लाको कटहरिया शिवरात्रीको दिन धुनि लगाउने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार शनिवार साँझ कटहरियाको बौद्धिमाइ मन्दिर नजदिक धुनि लगाइ भगवान शिवको पूर्जा अराधना गरिएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित बौद्धिमाइ मन्दिर नजदिक धुनि लगाइ स्थानियहरुले पूजापाठ गरेको स्थानिय छोटेलाल मिश्रले जानकारी दिनु भयो ।
दाउराहरु एक ठाउँमा जम्मा गरि धुनि लगाउने गरिन्छ । वि.स. २०२५ साल देखि नै यसरी पहाडी समुदायका व्यक्तीहरुले यस्तो परम्पराको थालनी गरेको स्थानिय वृद्ध जंगबहादुर क्षेत्रीले जानकारी गराउनु भयो । पहाडी क्षेत्रमा मनाइँदै आएपनि तराइ मधेश यस्तो नभएको देखेपछि पहाडी समुदायहरुले सुरु गरेको यो पम्परामा अहिले मधेसी समुदायका मानिसहरुले साथ दिदै यो परम्परामा सरिक हुँदै आएका छन् । क्षेत्रीले भन्नु भयो शिव भगवान सँग आशिर्वाद माग्नलाइ यस्तो गर्दै आएको बताए ।
धुनि लगाएर त्यस बाट निस्केको आगो ताप्दा रोग व्याधी हटने, यस्तो गर्दा भगवान खुशि हुने, भगवानले बरदान प्रदान गर्नु हुन्छ भन्ने धार्मिक विश्वास रहेकोले बताउनु भयो । यस दिन प्रसादको रुपमा भक्तजनहरुले दूध बाट बनेको कुसमा , मिठाइ , फलफूल आदि प्रसादको रुपमा ग्रहण गर्ने गर्दछन् । पहाड तिर यस्तो गर्दै आएपनि मधेशतिर यस्तो परम्परा विरलै देखिन्छ । कहटरियामा यस्तो परम्परा चल्दै आएको छ । अहिलेका यूवा पूस्ताहरुले पनि यस्ता परम्पराहरु लाइ जोगाइ राख्न उत्साहका साथ लागेको कटहरिया म्यूजिकल एफएमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठले जानकारी गराउनु भयो । यस अवसर स्थानियहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
