Breaking News

गरुडामा ओम शान्ति भवनको निर्माणमा सहयोग गर्ने मेयर जयसवालको प्रतिबद्धता

आरके श्रीवास्तव,गरुडा,फागुन ०६ गते

रौतहटमा ८७ औं त्रिमुर्ती शिव जयन्ती मनाइएको छ । जिल्ला सदरमुकाम तथा गौर नगरपालिका वार्ड नम्बर ५ अन्तर्गत रहेको ओम शान्ति भवनमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्धारा ८७ औँ जयन्ती मनाइएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जयसवाल रहन्ु भएको थियो ।

कार्यक्रममा नगर प्रमुख जयसवालले पानसमा बति बालेर उद्धघाटन समेत गर्नु भएको थियो । उद्धघाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख जयसवालले गरुडा नगरपालिकामा बन्दै गरेको ओम शान्ति भवनको लागी १० लाख रुपैयाँ नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । साथै वहाँले महा शिवरात्रीको पनि शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम पश्चात गौर नगरपालिकाभरी राष्ट्र कल्याण तथा शान्तिको लागी पद यात्रा समेत निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar