Breaking News

मधानी महोत्सवमा भोजपुरी सुपर स्टार पवन सिंह र काजल राघवानीको प्रस्तुती

मंजय राम,कटहरिया, फागुन ०६ गते

भोजपुरी कलाकार पवन सिंह र काजल राघवानीले मौलापुर मधानी महोत्सव २०७९ मा बेजोड प्रस्तुती देखाएका छन् । सो नगरपालिकाको वडा नम्बर ५ पतौरा स्थित महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा आयोजित मधानी महोत्सवमा प्रस्तुती दिन उनीहरु आएका हुन् । शुक्रवार उपराष्ट्रपती नन्द बहादुर पुनले औपचारिक रुपमा मधानी महोत्सव समुद्धघाटन गर्नु भएको थियो ।

मौलापुर नगरपालिकाले चौथो पटक मधानी महोत्सव गरिरहेको छ । सो महोत्सवमा भोली अन्र्तराष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता हुने आयोजकले जनाएको छ । फागुन ७ गते देवा थापा लगायत चर्चित पहलमानहरुद्धारा अन्र्तराष्ट्रिय कुस्ती प्रतियोगिता सहित समापन हुने बताइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar