
आरके श्रीवास्तव,गरुडा,फागुन ०६ गते
रौतहटको धार्मिक तथा ऐतिहासिक स्थल शिवनगर महादेव मन्दिरमा महा शिवरात्रिको दिन दर्शनार्थीको घुुँईचो लागेको छ । आज महादेव मन्दिरमा हजारौं भक्तजनले दर्शन गरेको स्थानियहरुले बताएका छन् । सो मन्दिरमा हरेक शिवरात्रिको दिन त्यहाँ दर्शन गर्ने महिला पुरुष दर्शनार्थीहरुको घूइँचो लाग्ने गर्दछ । महा शिवरात्रिको दिन भोलेबाबाको विशेष पुजापाठ गर्ने चलन रहेको छ ।
यो मन्दिरमा प्रत्येक आईतवार नियमित मेला लाग्ने गर्दछ । शिवनगरमा सर्लाही,पर्सा,बारा,रौतहटका साथै सीमावर्ती भारत बाट भक्तजनहरु आउने गर्दछन् । अघिल्लो वर्षको तुल्नामा यस वर्ष शिवरात्रिको दिन दर्शनार्थीहरुको संख्यामा वृद्धि भएको गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवालले जानकारी गराउनु भएको हो । पूजाआजाको लागि उचित व्यवस्थापन गरिएको मेयर जयवालले बताए ।
