Breaking News

यमुनामाइमा किसानहरु सँग एक दिने अन्तरक्रिया

आरके श्रीवास्तव,गरुडा,फागुन ०३ गते
रौतहट जिल्लाको यमुनामाइ गाउँपालिकामा व्यापारी,सेवा प्रदायक र किसान बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज सो गाउँपालिकाको वडा नम्बर ४ सरुअठामा एक दिने अन्तरक्रिया कार्यक्रम राखिएको थियो । ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि ) जनकपुर कोरिडोर कार्यालय जनकपुरधामको आयोजनामा तरकारी आपूर्ति श्रृखला सम्बद्ध व्यापारी,सेवा प्रदायक र किसान बिच व्यापार विस्तार र समन्वयका लागि अन्तरक्रिया गरिएको थियो ।
यमुनामाइ गाउँपालिका वडा नम्बर ४ रहेको सरुअठामा रहेको श्री ब्रह्मस्थान महिला कृषक समुहमा आबद्ध किसानहरुको सहभागिता रहेको थियो । श्री ब्रह्मस्थान महिला कृषक समूहकी अध्यक्ष परमिला देवी ठाकुरको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रमको मुख्य उदेश्य समूहहरू द्वारा उत्पादन गरिएका हरियो तरकारीहरूलाई सामुहिक बजारीकरण मार्फत बिक्री गर्नु रहेको छ ।
साथै समुहहरूलाई वार्षिक तरकारी उत्पादन योजना ,बेमौसमी तरकारी खेती गर्ने प्रक्रिया, गुणस्तरीय विउविजन र यसका फाईदा बारे समेत सेवा प्रदायक,व्यापारीहरुलाइ व्यापारी मकसुद मिया द्वारा जानकारी गराईएको थियो । सो अवसरमा यमुनामाई गाउँपालिका कृषि अधिकृत प्रसाद गुप्ता,व्यापारी रविशंकर गुप्ता लगायत कृषकहरुको सहभागिता रहेको आयोजनाका कर्मचारी अकिल अहमदले अंसारी जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar