
आरके श्रीवास्तव,गरूडा,फागुन ०३ गते
मधानी महायज्ञको लागी मौलापुर नगरपालिकामा सरसफाइ गरिएको छ । मधानी महोत्सव विशेष समारोह २०७९ आयोजनाको दिन नजिकिए सँगै तयारी तिव्र रूपमा भईरहेको छ । सरसफाइ कार्यक्रममा उपमेयर नागेन्द्र राय यादव,शिक्षा संयोजक राजेन्द्र साह सहित जनप्रतिनिधि र कर्मचारीहरू सहभागी थिए । मधानी महोत्सवको उदघाटन उपराष्ट्रपति नन्द बहादुर पुनसँग गराउने कार्यक्रम रहेको छ ।
उपराष्ट्रपति पुनले उदघाटन गरेपछि फागुन ०५ गते देखि मधानी महायज्ञ सुरू हुने भएको छ । यही फागुन ७ गते मौलापुर नगरपालिकाको आयोजनामा मधानी महायज्ञको समारोहमा चर्चित कलाकारहरु सहभागी हुन लागेका हुन् । रौतहट लगायत तराई क्षेत्रमा मनाइने भगवान शिवको विशेष अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको विश्वव्यापी प्रचार गर्न पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हरेक वर्ष नगरपालिकाले महायज्ञको आयोजना गर्दै आएको छ ।
महायज्ञमा भारतीय भोजपुरी सुपरस्टार पवन सिंह सँगै काजल राघवानी सँगै नेपाली तथा भारतीय कलाकार सहभागी हुने बताइएको छ । फागुन ५ गते उपराष्ट्रपती पुनले उदघाटन गरेपछि नेपाली सुपर स्टार भुवन केसी,भारतीय सुप्रसिद्ध गायिका इन्दु सोनालीको टिम द्धारा सांस्कृतिक प्रस्तुती रहने छ ।
त्यस्तै फागुन ६ गते भोजपुरी सुपर स्टार पवन सिंह,काजल राघवानी सहितका चर्चित कलाकारहरुको उस्थितीमा रह्ने आयोजक मौलापुर नगरपालिकाले जनाएको हो । फागुन ७ गते देवा थापा लगायत चर्चित पहलमानहरुद्धारा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सहित समापन हुने बताइएको हो । साथै फागुन ५ गते देखि प्रत्येक रात शिव मण्डलीद्धारा शिवलिला प्रर्दशन गरिने बताइएको हो ।
