

आरके श्रीवास्तव,गरुडा,फागुन ०२ गते
रौतहट जिल्लाको राजपुर नगरपालिकामा व्यापारी,सेवा प्रदायक र किसान बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज सो नगरपालिकाको वडा नम्बर १ मा एक दिने अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।
ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि ) जनकपुर कोरिडोर कार्यालय जनकपुरधामको आयोजनामा तरकारी आपूर्ति श्रृखला सम्बद्ध व्यापारी,सेवा प्रदायक र किसान बिच व्यापार विस्तार र समन्वयका लागि अन्तरक्रिया गरिएको थियो । राजपुर नगरपालिका वडा नम्बर १ रहेको पिपरा भगवानपुरमा रहेको श्री माइस्थान महिला कृषक समुहमा आबद्ध किसानहरुको सहभागिता रहेको थियो । श्री माइस्थान महिला कृषक समूहकी अध्यक्ष रिता देवीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको मुख्य उदेश्य समूहहरू द्वारा उत्पादन गरिएका हरियो तरकारीहरूलाई सामुहिक बजारीकरण मार्फत बिक्री गर्नु रहेको छ । साथै समुहहरूलाई वार्षिक तरकारी उत्पादन योजना ,बेमौसमी तरकारी खेती गर्ने प्रक्रिया, गुणस्तरीय विउविजन र यसका फाईदा बारे समेत सेवा प्रदायक,व्यापारीहरुलाइ व्यापारी मकसुद मिया द्वारा जानकारी गराईएको थियो ।
यो कार्यक्रम भोली यमुनामाई गाउँपालिकामा समेत रहेका तरकारी समुह बिच गरिने आयोजनाका कर्मचारी अकिल अहमदले अंसारी जानकारी गराउनु भयो । सो अवसरमा कृषि प्राविधिक पवन कुमार सहनी लगायत कृषकहरुको सहभागिता रहेको थियो ।
