Breaking News

गढिमाइमा फागु बैरिया मेला महोत्सवको भव्य तयारी


आरके श्रीवास्तव,गरुडा,माघ २९ गते
रौतहटको गढिमाइमा फागुन १९ गतेदेखि फागु बैरिया मेला महोत्सव २०७९ लाई भव्य बनाउने तयारी थालिएको छ । गढिमाइ नगरपालिकाले आइतवार समनपुर स्थित नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्दै महोत्सव बारे जानकारी दिएको हो ।


नेपाल र अंग्रेज बीच भएको युद्धमा ब्रिटिश सेनाहरुलाई लखेटेर युद्धमाथी विजयी प्राप्त गरी ठूलो इतिहास बोकेको एतीहासिक धर्ती रौतहटको समनपुरमा आउँदो फागुन १९ गतेदेखि २३ गतेसम्म फागु बैरिया मेला महोत्सवको आयोजना हुने भएको छ ।
महोत्सवमा नेपाल र भारतका प्रख्यात कलाकारहरुले सांस्कृतिक प्रस्तुति रह्ने गढीमाई नगर प्रमुख श्याम प्रसाद यादवले जानकारी दिएका हुन् । फागु बैरिया मेला महोत्सवलाई भव्य बनाउने तयारी नगरपालिकाले गरेको यादवले जानकारी दिए ।


वि.स.२०७३ सालमा स्थापना भएको गढिमाइ नगरपालिकामा नेपालको दोस्रो ठूलो गढिमाइ मन्दिर यही पर्दछ । सोही धार्मिक स्थलको नाम बाट नगरपालिकाको नाम गढिमाइ नगरपालिका राखिएको छ ।
नगरपालिकाको केन्द्र रौतहटकै पुरानो र नेपाल–अंग्रेज युद्ध भएको युद्धस्थल समनपुर बजारमा रहेको छ । जसको एतिहासिक नाम लडैया समनपुर रहेको छ । नेपाल–अंग्रेज युद्ध भएको युद्धस्थलमा रहेको किल्ला र युद्धमा प्रयोग भएको हातहतियारहरु अहिले पनि यस ठाउँमा भेटिने गरेकोले पनि यस नगरपालिकाको आफनै एतिहासिक विशेषता रहेको छ ।


हरेक पाँच वर्षमा गढिमाइ मेला पनि लाग्ने गर्दछ । जसमा लाखौं धार्मिंक पर्यटकहरुको घुँइचो लाग्ने गर्दछ । गढिमाइ नगरपालिकाले ब्रिटिस फौजलाइ पराजित गरेको अवसर पारेर समनपुरमा हरेक वर्ष फागु पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । एक साता सम्म सञचालन हुने ऐतिहासिक फागु बैरिया मेलाबाट स्थानिय कला,साहित्य,संस्कृति,पर्यटन र एतिहासिकताको प्रर्वदन गर्ने नगरपालिकाको लक्षय रहेको छ ।


नेपालीहरुले ब्रिटिस सेनालाइ समनपुरबाट लखेटेको एतिहासिक दिनको सम्झना गराउनु,नेपालकै गौरवशाली इतिहासको संरक्षण र प्रचार गर्नु,स्थानिय उत्पादहरुके प्रवद्र्धन गर्नु,स्थानिय संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसार गर्नु,स्थानिय खानाको प्रवद्र्धन गर्नु,स्थानिय व्यवसायको विकास गर्नु मेलाको उदेश्य रहेको गढिमाइ नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नम्बर २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।
मेलामा विभिन्न झाँकी तथा प्रर्दशनीहरु,विभिन्न व्यवसायिक स्टलहरु,सांगितीक तथा सास्कृतिक कार्यक्रमहरु,व्यापार,व्यवसाय,स्थानिय खानाका विविध परिकारहरुके प्रर्दशनी तथा बिक्रि आदि आयोजना गरिने उनले बताए ।
एतिहासिक,सांस्कृति र पर्यटकिय सम्भावना बोकेको मेलामा लाखौं अवलोकनकर्ताको सहभागिता हुनेमा आयोजक गढिमाइ नगरपालिकाले अपेक्षा गरिएको छ । मेलालाइ थप व्यवस्थित,मर्यादित र अवलोकर्ता लक्षित बनाउन यो पटकबमाट भने मुख्य प्रायोजक, प्रायोजक,सहयोगीहरुको व्यवस्था गरिएको छ । यसअघि हरेक वर्ष नगरपालिकाले मेला आयोजन गर्दै आइरहेको थियो ।
पत्रकार सम्मेलनमा गढिमाइ नपाकी उपमेयर स्मिता यादव ,प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव,वडा नम्बर १ का वडा अध्यक्ष रामपुकार यादव लगायत नपाका कर्मचारीहरु,विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar