Breaking News

गुजरामा नकआउट भलिबल प्रतियोगिता सुरु

आरके श्रीवास्तव,गरुडा,माघ २५ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ९ दयालपुर स्थित रहेको श्री जनसेवा प्राथमिक बिधालयको खेल मैदानमा आज देखि सो प्रतियोगिता सञ्चालन भएको हो । श्री मनकामना युवा कल्ब गुजरा ९ दयालपुरको आयोजन प्रतियोगिता सुरु भएको हो ।
एक कार्यक्रमका बिच नगर उपप्रमुख रत्ना लामा र सो वडाका वडा अध्यक्ष प्रेम चौधरीले संयुक्त रुपमा खेलको उद्धघाटन गरेका हुन् । बुधवार देखि सुरु भएको प्रतियोगिता फाल्गुन ०२ गते सम्म चल्ने आयोजक कल्बका अध्यक्ष मनोज चौधरीले जानकारी गराउनु भयो । प्रतियोगिता सुरु हुनु अघि उद्धघाटन सत्र कार्यक्रम राखिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यंक्रमको सञ्चालन मुनेश चौधरीले गर्नु भएको थियो । प्रतियोगितामा बसन्तपुर युवा कल्ब ए,बि,सखुअवा यूवा कल्ब ,पोखरभिण्डा यूवा कल्ब ए,बि,डुमरिया यूवा कल्ब ए,बि,दयालपुर यूवा कल्ब ए,बि,भवानीपुर यूवा कल्ब,मैढा यूवा कल्ब,अम्तवा यूवा कल्ब गरी १२ वटा टिम प्रतियोगितामा सहभागि छन् ।
सो अवसरमा स्थानिय समाजसेवी मुनिफ मियाँ,पुनित रा,प्रधानाध्यापक चुल्हाइ राउत,बिधालय व्यवस्थापन समिति अध्यक्ष बलिराम चौधरी,प्रहरी चौकी सिमरा भवानीपुरका इन्चार्ज राजेन्द्रयादव लगायत स्थानिय खेलप्रेमीहरुको उपस्थिती रहेको थियो । आज भएको पहिलो चारणको खेलमा सखुअवा टिमलाइ योंजन यूवा कल्बलाइ ३ सेटले हराएको छ भने दोस्रो चरणको खेलमा जनसेवा यूवा कल्ब पोखरभिण्डाले बसन्तपुर ए लाइ ३ सेटले पराजित गरेको वडा चौधरीले जानकारी गराएका हुन् ।
  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar