
आरके श्रीवास्तव,गरुडा,माघ २५ गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा सल्हेश बाबा प्राण प्रतिष्ठा एवम् यज्ञ उदघाटन गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ७ प्रेमपुर गोनाहीमा यज्ञ उदघाटन एवम् बेल नेवतन गरिएको छ । आज एक कार्यक्रमका बिच नगरप्रमुख प्रेमलाल साहले उदघाटन गर्नु भयो । श्री सल्हेश बाबा प्राण प्रतिष्ठा पूजा एवम् यज्ञ व्यवस्थापन समितिको आयोजनामा यज्ञ समारोह भइरहेको छ ।
यज्ञ शुभारम्भ भएपछि मेला प्रारम्भ तथा मनोरंजन कार्यक्रम हुने आयोजकले जनाएको हो । सो अवसरमा जिल्ला समन्वय समिति रौतहटका सभापती रामअयोध्या यादव,उप्रमुख परनिया देवी पटेल,वडा अध्यक्ष उपेन्द्र यादव,विरेन्द्र साह,चुल्हाइ महतो सहित स्थानिय भद्रभलादमीहरुको सहभागिता रहेको थियो ।
