Breaking News

महोतरीको गौशालामा कृषक समूह र सेवा प्रदायक बिचको अन्तरक्रिया सम्पन्न

महोतरी,माघ १९ गते

महोतरी जिल्लाको गौशाला नगरपालिकामा कृषक समूह र सेवा प्रदायक बिचको अन्तरक्रिया सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर १२ स्थित लक्ष्मीनिया तरकारी उत्पादक कृषक समूहका अध्यक्ष सन्तलाल महतोको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

मंगलवार नेपाल सरकार उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ग्रामीण उधम तथा विप्रेषण आयोजना समृद्धि जनकपुर करिडोर कार्यालयको आयोजनामा सो अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रम सञ्चालन समृद्धि आयोजनाको वितिय समावेशीकरण अधिकृत इन्दिरा श्रेष्ठले गर्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा वडा नम्बर १२ का वडा अध्यक्ष कुशेश्वर सिंह रह्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बाली विमा सम्बन्धी विमा परिचय,प्रक्रियाहरु, कागजातहरु,कृषि विमाको निती, अनुदान, उदेश्य,विमालेख,क्षतिपूर्ति प्रक्रिया,दावी सम्बन्धी प्रक्रिया लगायतका बारेमा सहभागीहरुलाइ जानकारी गराइएको थियो । कार्यक्रममा तरकारी विमाको लागि किसान र इन्सयोरेन्स(विमा कम्पनी) कम्पनी दुबै पक्ष तयार भएका थिए । साथै सामूहिक बजारीकरणको लागि सहकारीको भूमिका र यसको महत्वको बारेमा पनि जानकारी गराइएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै वडा अध्यक्ष सिंहले वडा बाट हुने पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रमको अतिथीहरुमा समृद्धि आयोजनाको कोसी करिडोरको संयोजक तथा तरकारी आपूर्ति श्रृखलाको प्रमुख लोकेन्द्र रावल, आइएमइ जेनरल इन्स्योरेन्स वर्दिवास शाखाका प्रबन्ध भूपेन्द्र घिमिरे रह्नु भएको थियो । सो अवसरमा कृषक समूहका सचिव फूलतोर देवी साह,कोषध्यक्ष सुशिला महतो,राजकुमार मोतान लगायत दर्जनौ व्यक्तीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar