Breaking News

समयमा कार्यालयमा आउन वडा कर्मचारहिरुलाइ वडा अध्यक्ष अनिरुद्ध यादवको निर्देशन

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजय यादवले वडा कार्यालयमा काम गर्ने कर्मचारहिरु सँग बैठक बसी समयमा कार्यालयमा आउन निर्देशन दिएका छन् ।

कर्मचारीहरु समयमा कार्यलय नआउने गरेको गुणासो बढेपछि वहाँले यस्तो कदम चाल्नु भएको हो । वडा अध्यक्ष यादवले आज कर्मचारी र जनप्रतिनीहरु छलफलका लागि मिटिङ्ग डाक्नु भएको थियो । उनकै अध्यक्षतामा बसेको बैठकले आम जनताको सेवा चुस्तदुरुस्त प्रवाह गर्न यस्तो कदम चालिएको हो । बिहान ०९ः४५ बजे सबै कर्मचारीहरुलाइ वडा कार्यालयमा आइ पुग्न आग्रह गरे ।

यदि यस्तो नगरेको पाइएमा कार्यवाही गर्ने चेतावनी समेत दिए । वडा अध्यक्ष यादवले कर्मचारीलाई समयमा र नियमितरुपमा कार्यालयमा आउनका लागि निर्देशनसमेत दिनुभएको बताउनु भयो । फतुवा बिजयपुरको सरकारी कार्यालयहरुमा कर्मचारी समयमा नआउने जनगुणासो रहेको छ । स्थानिय सरकारको पनि यता तर्फ ध्यान जान सकेको छैन् । यस्तो अवस्थामा वडा अध्यक्ष यादवले चालेको यो कदमको सराहना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar