Breaking News

श्री जनता मावि सोनरनियमा आँखा तथा कान शिविर सम्पन्न

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते
श्री जनता माध्यमिक बिधालय सोनरनियाका बालबालिकाहरुलाई लक्षित गर्दै आयोजना गरिएको आँखा तथा कान शिविर सम्पन्न भएको छ । आँखा र कान सम्बन्धी स्वास्थ्य समस्या भएका बालबालिकाहरुको लागी शिविर सञ्चालन गरिएको थियो ।
मौलापुर नगरपालिका वडा नम्बर ८ र ९ सोनरनियमा पर्ने सो बिधालयमा एक दिने आँखा तथा कान सम्बन्धी शिविर सम्पन्न भएको हो । शहिद दिवसको अवसर पारेर आरडिसि नेपालको अयोजना तथा श्री जनता मावि सोनरनियाको समन्वयमा शिविर सञ्चालन भएको हो । शिविरमा आँखा अस्पताल पुरेनवाका चिकित्सकहरुले आँखा र कान सम्बन्धि चेकजाँच गरेका थिए ।
सो बिधालयमा आयोजित शिविरमा सयौं बालबालिकाहरुले सेवा लिएका छन् । जसमा कक्षा १ देखि ३ सम्मका बालिबालिकाहरुको आँखा र कान चेकजाँच गरिएको बताइएको छ ।
शिविरमा डा.अफताब आलमले ती बालबालिकाहरुको आँखा र कान चेकजाँच गरेको बिधालयका प्रधानाध्यापक दिनेश यादवले जानकारी गराउनु भयो । शिविरमा बिधालयका शिक्षक,शिक्षिका लगायत बिधालयका कर्मचारीहरुले समेत सहयोग गरेका थिए । नयाँ प्रधानाध्यापकको रुपमा यादव आएपछि उनले आफै पहल गरी सो शिविर सञ्चालन गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar