Breaking News

रौतहटमा स्थानीय तहको स्व–मूल्यांकनमा राजपुर नगरपालिका पहिलो

आरके श्रीवास्तव,गरुडा,माघ १६ गते
रौतहटका स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्यांकनसम्बन्धी नतिजा सार्वजनिक भएको छ । गत आर्थिक वर्ष ०७८÷७९ को स्व–मूल्यांकन नतिजा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो । आर्थिक वर्ष ०७८÷७९ मा सम्पादन क्रियाकलापको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी स्व–मूल्यांकन नतिजा सार्वजनिक गरिएको हो ।
स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकनमा राजपुर नगरपालिका पहिलो भएको छ । राजपुर नगरपालिका ८१ प्रतिशत अंक ल्याएर जिल्लामा पहिलो बनेको छ । चन्द्रपुर नगरपालिकाले ७७ प्रतिशत ल्याएर दोस्रो बनेको छ । गौर नगरपालिकाले ७१ दशमलव ५ प्रतिशत ल्याएर कार्य सम्पादनमा तेस्रो बनेको छ । यस्तै, कटहरिया नगरपालिकाले ६८ दशमलव ७५ प्रतिशत ल्याएको छ ।
माधवनारायण नगरपालिकाले ५० दशमलव ७५ प्रतिशत, राजदेवी नगरपालिकाले ४९ दशमलव २५ प्रतिशत, परोहा नगरपालिकाले ४१ प्रतिशत अंक प्राप्त गरेका छन् । जिल्लामा ७ वटा स्थानिय तहको मात्र स्व–मूल्यांकनमा अपडेट भएको छ । बाँकि ११ वटा स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्यांकनमा अपडेट भएको छैन । जिल्लाको फतुवा बिजयपुर नगरपालिका,गरुडा,बौधीमाइ,बृन्दावन,देवाहीगोनाही,गढिमाइ,गुजरा,इशनाथ, मौलापुर, परोहा नगरपालिका,दुर्गाभगवती गाउँपालिका र यमूनामाइ गाउँपालिकाको स्व–मूल्यांकनमा अपडेट भएको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि संघीय मामिला मन्त्रालयले १० वटा विषय क्षेत्र र सूचक निर्धारण गरेको छ । स्थानीय तहको संस्थागत क्षमता स्व–मूल्यांकनका लागि शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं वार्षिक व्यवस्थापन विषय क्षेत्र र सूचक निर्धारण गरेको छ ।
यस्तै, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्य सम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ । गाउँपालिका र नगरपालिकाबीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar