
आरके श्रीवास्तव,गरूडा,माघ १४ गते
रौतहटमा घरबाटै ट्याक्टर चोरी भएको छ । जिल्लाको गढिमाईमा घरबाटै ट्याक्टर चोरी भएको हो । सो नगरपालिकाको वडा नम्बर ६ धर्मपुरबाट ट्याक्टर चोरी भएको पिडितले बताएको हो ।
शुक्रबार राती आफ्नै घर अगाडि पार्किङ गरेर राखेको ना ५ त ९२३७ नम्बरको ट्याक्टर चोरी भएको ट्याक्टर धनी सन्तोष यादवले बताए । पछिल्लो समय जिल्लामा सवारी साधनहरु चोरी हुने क्रम बढ्दै गएको छ जसले गर्दा प्रहरी आलोचित हुन पुगेको छ । ट्याक्टर चोरीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटमा निवेदन पेश गरेको पिडित यादवले बताएका छन् ।
