Breaking News

राष्ट्रपतिमा नेकपा माओवादीले राष्ट्रिय सहमति खोज्ने

काठमाडौं, १३ माघ

नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । आजको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।

‘बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने निर्णय गरेको छ। यो एमालेबिनाको राष्ट्रिय सहमति होइन, एमालेसहितको राष्ट्रिय सहमति हो,’ बैठकपछि महराले पत्रकार सम्मेलनमा भने ।

सरकार गठन गर्ने बेला गत १० पुसमा राष्ट्रपति एमालेले लिने सहमति भएको थियो । कांग्रेसबाट विश्वासको मत पाएपछि राष्ट्रिय सहमतिमा जोड दिएको माओवादीले एमालेलाई धोका दिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महराले एमालेलाई धोका नदिएको र आफूहरूले एमाले बिनाको राष्ट्रिय सहमति नभनेको बताए ।

उनले राष्ट्रपतिको निर्वाचनमा माघ २६ देखि २८ को बीचमा हुने बताए ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar