Breaking News

बौधिमाईमा जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

आरके श्रीवास्तव,गरूडा,माघ १० गते

रौतहट जिल्लाको दक्षिणी भेग बौधिमाई नगरपालिकामा जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज लैङ्गिक सामानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिकाका सम्बन्धमा वडा अध्यक्ष तथा पुरुष वडा सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

माण्डवी रौतहटको आयोजना तथा आइइएफएस नेपालको प्राविधिक सहयोगमा संचालित शी लिडस परियोजना अन्तर्गत सो अन्तरक्रिया कार्यक्रम संचालन भएको थियोे । कार्यक्रममा स्थानीय विकासका कामहरुमा महिलाहरुको सहभागिता हुने, निर्वाचित महिला प्रतिनिधिहरूलाई उनीहरूको निर्वाचित भूमिका बढी प्रभावकारी बनाउन सहयोग हुने, राजनीतिक दलमा महिला उपस्थिति / सहभागिताका लागि सकारात्मक वातावरण सिर्जना हुने उदेश्यले अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा बौधिमाई नगरपालिकाका ७ जना वडा अध्यक्षहरु तथा १७ जना वडा सदस्यहरु गरी २४ जनाको सहभागिता रहेको सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।

अन्तरक्रिया कार्यक्रमले राजनीति र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता प्रवर्द्धन गर्ने र महिला प्रतिनिधिहरुलाई सामान रुपमा सहभागिता गराउने तथा राजनीतिमा महिलाहरूको अर्थपूर्ण सहभागिताका लागि प्रमुख सरोकारवालाहरूलाई संवेदनशील बनाउने तथा राजनीतिमा महिला सहभागिता सम्बन्धी विद्यमान नीति , राजनीतिमा महिलाहरूको सहभागितालाई समर्थन गर्न सरोकारवालाहरूबाट प्रतिबद्धता समेत गरिएको माण्डवीका अनुगमन अधिकृत दासले जानकारी दिनु भयो ।

कार्यक्रमका संचालन प्रशिक्षक पुनम ठाकुर तथा संजय कुमार यादवले गर्नु भएको थियो भने सुरेन्द्र राय यादवले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा मधेश प्रदेशका ५ वटा जिल्लाहरु रौतहट,बारा, सर्लाही,महोतरी तथा धनुषा गरी २८ वटा पालिकाहरुमा संचालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar