Breaking News

वार्षिकोत्सवको उपलक्ष्यमा अनाथालयलाई खाद्यान्न सहयोग

आरके श्रीवास्तव,गरूडा,माघ १० गते

वार्षिकोत्सवको उपलक्ष्यमा अनाथालयलाई खाद्यान्न सहयोग गरिएको छ । आज राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गरुडा परिवारले हरेक वर्षझैं यस वर्ष पनि ५८ औँ वार्षिकोत्सवको उपलक्ष्यमा श्री बंशीराम जायसवाल अनाथालयलाई विभिन्न खाद्य सामग्री सहयोग गरेकाे छ ।

बैंकका शाखा प्रवन्धक श्री अरबिंद झा र अन्य कर्मचारी स्वयम् अनाथालयमा उपस्थित भएर बालबालिकाहरूसँग वार्षिकोत्सव मानाउँदै खाद्यसामग्री अनाथालयलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई अनाथालय प्राथमिक विद्यालयका प्रअ श्री राजवंशी प्रसादले मध्यस्ता गर्नु भएको थियो । असहाय बालबालिकाहरूप्रतिको स्नेह र सहयोगका लागि सम्पूर्ण अनाथालय परिवारले धन्यवाद ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar