Breaking News

बाजुरा केन्द्र बिन्दु बनाएर गएको भूकम्पको धक्का नयाँ दिल्लीसम्म महसुस

काठमाडौ, १० माघ

बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रमा पनि महसुस गरिएको छ । दिल्लीका  बासिन्दाहरूले भुकम्पको समयमा छतका फ्यानहरू र घरका सामानहरू हल्लिएका भिडियोहरू सोसल मिडियामा सेयर गरेका भारतीय सञ्चार माध्यम एनडिटीभले जनाएको छ ।
मंगलबार दिउसो बाजुराको मैला भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पले पु¥याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar