Breaking News

गरुडाका स्वास्थ्य संस्थाहरूमा ल्यापटप,प्रिन्टर सहित औषधी वितरण


आरके श्रीवास्तव,गरूडा,माघ ०९ गते
रौतहटको मध्य भाग गरुडा नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा ल्यापटप,प्रिन्टर सहित औषधी वितरण गरिएको छ । मेयर कन्थमनी जयसवालले आज स्वास्थ्य संस्थाहरुमा ल्यापटप , प्रिन्टर लगायत विभिन्न औषधीहरु वितरण गर्नु भएको छ ।

नगर प्रमुख जयसवालले सोमबार आफ्नो नगर क्षेत्रभित्र रहेकाे ९ ओटै स्वास्थ्य संस्थाहरूमा एक एक सृट ल्यापटप ,प्रिन्टर हस्तान्तरण गर्नु भएको छ । ती ठाउँहरूमा आवश्यक कार्यहरु गर्नका लागी ल्यापटप तथा प्रिन्टरहरू आवश्यक भएकाले आफुले सहज रुपमा सेवाग्राहीहरुलाई सेवा प्रदान गराउन सो सामग्री हस्तान्तरण गरेको मेयर जयसवालकाे भनाइ छ ।

साथै नगर प्रमुख जयसवालले ती सबै स्वास्थ्य संस्थाहरूमा ७६ प्रकारका विभिन्न औषधीहरु समेत उपलब्ध गराउनु भएको छ । नगरवासीकाे स्वास्थ्यकाे मध्यनजर गरि आैषधीकाे अभाव हुन नदिन औषधीहरु वितरण गरेका हुन् । पछिल्लो समय गरूडा नगरपालिका स्वास्थ्य क्षेत्रकाे अवस्था सुधार गर्न तर्फ लागेकाे हाे ।

सबै स्वास्थ्य संस्थाका इन्चार्जहरूले ती सामानहरू बुझेर लगेका थिए । साे अवसरमा उपमेयर पुनम चाैधरी,वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवाल सहितका व्यक्तिहरूकाे उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar