
आरके श्रीवास्तव,गरूडा,माघ ०८ गते
मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झालाई पुस्तक तथा पत्रकार आचारसंहिता पुस्तिका हस्तान्तरण गर्नुभएको छ । नेपाल पत्रकार महासंघ राैतहटको कार्यालय गाैरमा एक कार्यकर्ता बीच सो पुस्तक हस्तान्तरण गरिएको हाे ।
सो अवसरमा नेपाल पत्रकार महासंध मधेश प्रदेशका सदस्य शैलेन्द्र झा , जिल्ला उपाध्यक्ष प्रविण कुमार शर्मा, वरिष्ठ पत्रकार प्रभात झा सहितका पत्रकारको उपस्थित रहेकाे थियोे । सो अवसरमा राैतहटको पत्रकार तथा पत्रकारिता क्षेत्रले भोग्नु परेका समस्याको बारेमा समेत छलफल भएको थियो ।
