Breaking News

देवाहीगाेनाहीका शिक्षा संयाेजक यादवकाे चरम लापरबाही,ढिला गरि अर्धवार्षिक परीक्षा लिंदै


आरके श्रीवास्तव,गरूडा,माघ ०८ गते
राैतहटकाे देवाही गाेनाही नगरपालिकामा शिक्षा संयाेजक अरबिन्द यादवकाे चरम लापरबाही देखिएकाे छ । असाेज/कार्तिक महिना लिनुपर्ने परीक्षा ४ महिना ढिला गरि अहिले अर्धवार्षिक परीक्षा सञ्चालन गराइ रहेका छन् । यसरी बिधार्थीकाे भविष्य सँग शिक्षा संयाेजक यादव खुलम खुला खेलवाड गरिरहेका छन् ।

दशाैं महिनामा आएर अर्धवार्षिक परीक्षा सञ्चालन गराइरहेका छन् । जबकि एक महिना पछि पुन: वार्षिक परीक्षा सञ्चालन गर्ने प्रावधान रहेकाे छ । शिक्षा शाखाका प्रमुख यादवले यसरी शिक्षामा लापरबाही गरेको देखिएकाे छ । बिधार्थीहरूकाे शिक्षाकाे गुणस्तर चेकजाँच गर्नलाई परिक्षा लिइन्छ । त्यही परीक्षा समयमा लिइएन भने त्यसकाे आैचित्य नै नरहेको जानकारहरू बताउँछन् ।

यस विषयमा जिल्ला शिक्षा समन्वय इकाइ राैतहटका प्रमुख रामविनय कुमार सिंह सँग बुझदा अर्धवार्षिक परीक्षा लिनुपर्ने समय आसिन/कार्तिक हाे । तर माघ महिनामा जाँच लिनु धेरै नै ढिलाे भयाे । समयमा नै गर्नुपर्ने हाे । विस्तृत नपाका शिक्षा संयाेजक सँग बुझन जवाफ दिए ।

यता यस विषयमा शिक्षा संयाेजक अरबिन्द यादव सँग बुझदा चिसाेका कारण परिक्षामा ढिलाइ भएको भन्दै जिम्मेवारी बाट पन्छिन खाेजे । सरकारले समयमा काम गर्न लाई नै तलब सुविधा समेत उपलब्ध गराउँछ । तर त्यही कर्मचारी समयमा काम न गरि दिदाँकाे दिनप्रतिदिन शैक्षिक स्तरमा गिरावट आईरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar