Breaking News

बंशीराम अनाथालयमा खाद्यान्न सामाग्री सहयोग

आरके श्रीवास्तव,गरूडा,माघ ०८ गते
राैतहटकाे मध्य भाग गरूडामा रहेको बंशीराम अनाथालयका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । देवाहीगाेनाही नगरपालिका वडा नम्बर ७ उचिडिह निवासी नेकपा एमालेका यूवा नेता समाजसेवी रूपेश कुमार पटेलले आफनाे जन्माेत्सवकाे उपलक्ष्यमा आज एक कार्यक्रमका बिच अनाथालयमा पुगि खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् ।

आइतबार अनाथालयका बालबालिकाहरूलाई सहयाेग हाेस् भन्ने उदेश्यले अनाथालयका संस्थापक बंशीराम जयसवाल(बाबा)लाइ खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् ।
यूवा नेता पटेलले आफनाे निजी लगानीमा चिउरा १ बाेरा,मुढी १ बाेरा,दालमुट,कपि, कलम,ब्रस, पेस्ट,बिस्कुट, मिठाइ लगायतका सामानहरू अनाथालयलाइ उपलब्ध गराएका हुन् ।

ती सामाग्रीहरू उपलब्ध गराएकाे यूवा नेता पटेललाई अनाथालय परिवारले धन्यवाद ज्ञापन गरेको छ । सामग्री हस्तान्तरणकाे अवसरमा अनाथालयका कृष्ण सिंह,रूपेश यादव लगायतका व्यक्तीहरूले सहजिकरण गरेका थिए ।

अनाथ, टुहुरालाई आश्रय दिँदै आएको गरूडाको बंशीराम जयसवाल अनाथालय विभिन्न दाताको सहयोग र अनुदानमा अनाथालय बालबालिकाको भरोसा बन्दै आएको छ । हाल दर्जनौं बालबालिकाले आश्रय लिँदै आएको अनाथालय बेलाबेलामा हुँदै आएकाे यस्तै सहयाेगले सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar