Breaking News

बंशीराम अनाथालयका बालबालिकालाई न्यानो कम्बल प्रदान

आरके श्रीवास्तव,गरूडा,माघ ०७ गते

राैतहटकाे मध्य भाग गरूडामा रहेको बंशीराम अनाथालयका बालबालिकालाई न्यानो कम्बल प्रदान गरिएको छ । राेट्रैक्ट क्लब अफ बिरगंजका सक्रिय समाजसेवी युवाहरूले आज एक कार्यक्रमका बिच अनाथालयमा पुगि कम्बल हस्तान्तरण गरेका हुन् । शनिबार अनाथालयका ३३ जना बालबालिकाहरूलाई एक एक थान न्यानो कम्बल अनुदान स्वरूप प्रदान गरिएकाे हाे ।

अनाथालय कार्यसमितिको महिला सदस्य अनिता कर्ण, स्थानीय यूवा व्यापारी श्याम दासकाे राेहबरमा यूवा समाजसेवी शैलेश जयसवालले अनाथालयका संस्थापक बंशीराम जायसवाल (बाबा) लाई पहिलो कम्बल हस्तांतरण गरी गर्नुभयो ।

चिसाेकाे मध्यनजर गरि अनाथालयका बालबालिकालाई कम्बल वितरण गरिएको हाे ।

न्यानो कम्बल उपलब्ध गराएकाे क्लबका यूवाहरू लाई अनाथालय परिवारले धन्यवाद ज्ञापन गरेको छ । अनाथ, टुहुरालाई आश्रय दिँदै आएको गरूडाको बंशीराम जयसवाल अनाथालय विभिन्न दाताको सहयोग र अनुदानमा अनाथालय बालबालिकाको भरोसा बन्दै आएको छ । हाल दर्जनौं बालबालिकाले आश्रय लिँदै आएको अनाथालय बेलाबेलामा हुँदै आएकाे यस्तै सहयाेगले सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar