Breaking News

आफनाे गाउँ आफैं बनाउ उदेश्यले बिर्ती प्रष्टाेकाका यूवाले गरे सरसफाइ

आरके श्रीवास्तव,गरूडा,माघ ०७ गते

आफनाे गाउँ आफैं बनाउ उदेश्यले बिर्ती प्रष्टाेकाका यूवाले सरसफाइ गरेका छन् । आज कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ति प्रष्टाेकाका यूवाहरू आफै सक्रिय भइ सरसफाइ गरेका छन् । कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयाेजनामा सरसफाइ गरिएको हाे । साे गाउँकाे मुख्य बाटाे यूवाहरूले सरसफाइ गरेका थिए ।

शनिबार बिहान साे टाेलका यूवाहरूले आफ्नो गाउँ-टोल सफा राखौं भन्ने उद्देश्यसाथ सरसफाइ अभियान आयोजना गरेका थिए । युवाको सरसफाइ अभियानलाई हौसला प्रदान गर्न कार्यक्रमको अध्यक्षता वडा नम्बर ३ का वडाध्यक्ष श्यामाकान्त यादवले गर्नुभएको थियो । गाउँटोल सफा सुग्घर राख्नु बिर्ती प्रष्टाेकावासीकाे प्रमुख दायित्व हुनुपर्ने विचार व्यक्त गर्दै वडा अध्यक्ष यादवले मानव सभ्यतालाई स्वस्थ र सभ्य बनाइराख्न वातावरण जोगाउनु आजको आवश्यकता रहेको बताउनुभयो । आ

फनाे गाउँ ठाउँ सफा सुग्घर रह्याे भने हामी स्वास्थ रहन सक्छौं । त्यसैले सबैजना मिलि गाउँ लाई सफा र शुन्दर बनाउन तर्फ लाग्न आग्रह गर्नु भयाे । कार्यक्रममा स्थानीय युवा, समाजसेवी, राजनीति कार्यकर्ता, भद्रभलादमी,बुद्धिजीवी,सहकारीका कर्मचारीहरू र अग्रजहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar