Breaking News

देवाहीगाेनाहीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

आरके श्रीवास्तव,गरूडा,माघ ०७ गते

रौतहटको देवाही गाेनाही नगरपालिकामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । साे नगरपालिकाकाे वडा नम्बर ९ धरहरीमा समाजिक कुसंस्कार सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष वीर बहादुर साहको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियाे । कार्यक्रममा समाजमा परेका नकारात्मक प्रभाव न्युनिकरण सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

साे अवसरमा वडाका महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो । जनचेतना मुलक कार्यक्रममा दलित सामुदायिक बिकास केन्द्र राजपुर रौतहटको आयाेजना र देवाही गाेनाही नगरपालिकाकाे सहयाेगमा समाजिक कुसंस्कारले हाम्रो समाजमा परेकाे नकारात्मक प्रभाव न्युनिकरण सम्बन्धी दुई दिने कार्यक्रम आयाेजन गरिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar