Breaking News

रौतहट कुखुरा व्यावसायी संघको अध्यक्षमा हरिशंकर साह निर्वाचित

उपेन्द्र गोले,रौतहट ७ माघ 

रौतहट कुखुरा व्यावसायी संघको अध्यक्षमा हरिशंकर साह निर्वाचित हुनु भएको छ । शनिबार रौतहटको गौरमा सम्पन्न पहिलो अधिबेसनले हरिशंकर साहको अध्यक्षतामा ११ सदस्यीय रौतहट कुखुरा व्यावसायी संघले नया कार्यसमिति चयन गरेको संघले जनाएको छ ।

सो अधिबेसनले उपाध्यक्षमा रंजित राम , कोषाध्यक्षमा उमाशंकर साह , सचिवमा राधेश्याम साह लगायत ११ सदस्यीय कार्यसमिति चयन गरेको नवनिर्वाचित अध्यक्ष हरिशंकर साहले तराई पोष्टलाई जानकारी दिनु भयो । अगामी दिनमा कुखुरा पालन किसानहरुको पक्षमा विभिन्न संघसंस्था तथा अन्य सम्बन्धित निकायहरुमा आफ्नो समस्या र सो समस्या समाधानमा आफुहरु लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar