Breaking News

समाजवादी ट्रेड युनियन महासंघको निर्णय भेला, प्रशिक्षण देखि रक्तदान कार्यक्रमसम्म

काठमाडौं ,माघ ०६ गते
जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासंघको बिहीबार सम्पन्न केन्द्रीय पदाधिकारी समितिको बैठकले प्रदेशस्तरीय भेला, समितिहरु गठन,पुनर्गठनदेखि रक्तदान कार्यक्रमसम्मका कार्यक्रम गर्ने भएको छ ।
महासंघको बैठकले गरेका विभिन्न ६ वटा निर्णयहरु प्रकार छन् । १. माघ मसान्तसम्म सातै प्रदेश प्रदेश स्तरीय भेला, समिति गठन÷पुनर्गठन तथा प्रशिक्षण कार्यक्रमगर्ने । २. बैठकबाट महासंघ अन्तरगतका घटक संगठनहरु गठन÷पुनर्गठनका लागि महासंघका अध्यक्ष अर्जुन लम्साल संयोजक रहेको ३ सदस्यीय कार्यदल गठन भएको छ ।
कार्यदलको सदस्यहरुमा उपाध्यक्ष सुरेश मोक्तान र महासचिव दयाराम राई रहेका छन् । ३. बैठकले महासंघको कार्यालय व्यवस्थापनका लागि अध्यक्ष अर्जुन लम्साल, उपाध्यक्षद्वय सोनाम लामा र सुरेश मोक्तान, महासचिव दयाराम राई र कोषाध्यक्ष चन्द्र लम्साललाई जिम्मेवारी दिएको छ । ४. महासंघको आगामी बैठकबाट समाजवादी ट्रेड युनियन महासंघ संयन्त्र गठन गर्ने निर्णय भएको छ ।
५. महासंघको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गर्ने र त्यसको संयोजनको जिम्मेवारी सुरेश मोक्तानलाई दिएको छ । ६. महासंघका पूर्व अध्यक्षद्वय जोगीलाल यादव र प्रचण्ड पौडेललाई महासंघको संरक्षक बनाउने निर्णय गरिएको छ । बैठकमा जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य एवम् महासंघ संयन्त्र प्रमुख रणध्वज कन्दङ्वाको प्रमुख आतिथ्यता रहेको पार्टीकी केन्द्रीय सदस्य एवम् महासंघकी उपाध्यक्ष सोनाम लामाले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar