
आरके श्रीवास्तव,गरूडा,माघ ०६ गते
राैतहट जिल्लाकाे गुजरा नगरपालिकामा वित्तीय शिक्षा तथा व्यवसायीक ज्ञान स्वामित्व ग्रहण कार्यशाला गाेष्टी सम्पन्न भएको छ । गुजरा नगरपालिकाकाे वडा नम्बर ९ स्थिति रहेकाे नगरपालिकाकाे सभा कक्षमा आज एक दिने कार्यशाला गाेष्टी आयाेजन गरिएको थियाे ।
नेपाल सरकार उधाेग,वाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामिण उधम तथा विप्रेषण आयाेजना(समृद्धि) जनकपुर करिडोर कार्यालय,जाकपुरधामकाे आयाेजनामा कार्यशाला गाेष्टी भएको नि.प्रमुख प्रशासकिय अधिकृत बिनाेद कुमार जयसवालले जानकारी गराउनु भयाे । सुनिता बानियाले सञ्चालन गरेकाे कार्यक्रममा संयाेजक गिरीले समृद्धि आयाेजनाकाे बारेमा प्रकाश पार्नु भएकाे थियाे ।
समृद्धि आयाेजना प्रदेश १ काे ८ वटा जिल्ला र मधेस प्रदेशकाे ७ वटा जिल्लाहरू सप्तरी,सिरहा,धनुषा, महाेतरी,सर्लाही ,राैतहट र बारा जिल्लाहरूमा सञ्चालित रहेकाे उनले जानकारी गराए । गरिबी न्यूनिकरण तथा देशमा दिगाे शान्ति हासिल गर्नका लागि राेजगारीका अवसर सिर्जना गरि समतामूलक तथा समावेशी आर्थिक विकास गर्ने लक्ष्य रहेकाे उनले बताए ।
शुक्रबार नगर प्रमुख सन्तलाल चाैधरीकाे प्रमुख आतिथ्यता र जनकपुर करिडाेर कार्यालयका संयाेजक माेति बहादुर गिरिकाे अध्यक्षतामा कार्यशाला गाेष्टी सञ्चालन भएको थियो । कृषि उधम केन्द्र,नेपाल उधाेग वाणिज्य माहासंघ र हेल्वेटास आयाेजनाकाे साझेदार निकायहरू हुन् । कार्यक्रम सबै उपस्थित प्रतिनिधिहरूले समृद्धि आयाेजनाकाे बारेेमा आ-आफनाे विचार राखेका थिए ।
कार्यक्रममा बाेल्दै गुजरा नगर प्रवक्ता बिजय साह बनियाले सहकारी संस्थाहरू विभिन्न अनुदान लगायतका सहयाेगहरू गर्दै आइरहेकोले अगामी दिनमा पनि आवश्यक सहयाेगहरू गर्दै जाने बताउनु भयाे । वहाँले भन्नू भयाे जुनसुकै निकाय बाट लगानी भइरहेकाे छ ।
त्यसकाे सहि सदुपयोग हुनुपर्नेमा जाेड दिनु भयाे । साे कार्यशाला गाेष्टीमा गुजरा नपा वडा १ का वडा अध्यक्ष रामजी चाैधरी,वडा नम्बर २ का वडा अध्यक्ष अशाेक चाैधरी,वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चाैधरी,वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चाैधरी ,कार्यपालिका सदस्य बिजय साह बानिया,रत्ना चाैधरी ,विभिन्न वडाका वडा अध्यक्ष ,सहकारी संस्थाका प्रतिनिधिहरू सहितका दर्जनौं व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।
