

मँजय राम,कटहरिया,माघ ०६ गते
राैतहट जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको कटहरिया बहुमुखी क्याम्पसमा निर्माणाधीन भवनकाे अनुगमन तथा निरिक्षण गरिएको छ । आज नगर प्रमुख अजय प्रकाश जयसवालले अनुगमन तथा निरिक्षण गरेका छन् ।

भवन निर्माणमा गुणस्तरहीन सामाग्री प्रयाेग भइरहेको विभिन्न मिडियामा समाचार संप्रेषण भएपछि नगर प्रमुख सहित टाेली अनुगमन गर्न पुगेकाे थियाे । साे क्याम्पसमा एक तल्ले चार काेठे भवन निर्माणकाे क्रममा प्रयाेग भइरहेको इट्टा,बालुवा सिमेन्ट पनि गुणस्तरीयता जाँच गरिएको थियाे । काम गुणस्तरीय रूपमा संतोषजनक भइरहेको पाईएकाे छ । विश्व विधालय अनुदान आयाेग सानाेठिमी भक्तपुर द्वारा प्राप्त कुल ३५ लाख ९७ हजार ८३९ रुपैयाको लागतमा सुर्या कन्स्ट्रक्सनले निर्माण गर्न ठेक्का पट्टा लिइ काम धमाधम गरिरहेकाे क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले बताउनु भयाे ।

यादवले भने,’काम गर्ने क्रममा हामी त्यहीँ हुन्छौं ,कुनै किसिमकाे लापरबाही देखिए तुरुन्त सच्याएर मात्र अगाडि बढ्न दिइरहेका छाैं । काम गुणस्तरहीन हुनु त कुरै आएन । कसैले आफूलाई बदनाम गराउन यस्ताे किसिमको तथ्यहिन आराेप लगाउनु गलत हाे । इन्जिनियरले दिएकाे स्टिमेट अनुसार नै काम अगाडि बढिरहेकाे क्याम्पस प्रमुख यादवकाे भनाइ रहेकाे छ ।

