Breaking News

कटहरियाका मेयर जयसवालद्धारा अपाङ्गलाई ह्विल चेयर प्रदान

मँजय राम,कटहरिया,माघ ०६ गते

कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवालले दुई जना अपाङ्गलाई ह्विल चेयर सहयोग गरेका छन । जिल्लाको कटहरिया नगरपालिका १ भसेड्वा टोल बडेड्वा बस्ने मिठुलाल राय यादवको छोरा बिशुनदयाल राय यादव र सोही वडा भसेड्वा बस्ने लालबाबु यादवको छोरी रेश्मी कुमारी यादवलाई ह्विल चेयर प्रदान गरिएकाे छ ।

मेयर जयसवालले शुक्रबार एक कार्यक्रमका बिच ह्विल चेयर सहयोग गरिएको हो । कटहरिया नगरपालिकाका नगर प्रमुख जयसवालको अध्यक्षतामा अपाङ्ग दुबै जनाले ह्विल चेयर हस्तान्तरण गरिएकाे हाे । कमजोर आर्थिक अवस्था भएका कारण तिनीहरुले ह्विल चेयर समेत किन्न सकेका थिएन ।

तर लामो दुःख भोगेका दुबै जनाले ह्विला चेयर पाएपछि खुशी भएका छन् । उनले मेयर जयसवाललाई धन्यवाद समेत ज्ञापन गरेका छन् । । मेयर जयसवालले अपांगहरुलाइ जुनसुकै बेला सहयोग गर्न आफू तयार रहेको बताउनु भयो । अपांगहरुको हक अधिकार दिलाउन आफू कहिले पछाडी नपर्ने उनले प्रतिक्रया दिएका छन् । समय समयमा कटहरिया नगरपालिकाले अपांगहरु यस्तै किसिमको सहयोग गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar