Breaking News

शिवनगरमा विषादी व्यवस्थापन तालिम सम्पन्न

आरके श्रीवास्तव,गरूडा,माघ ६ गते

राैतहटमा विषादी व्यवस्थापन तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र रौतहट को आयोजनामा तीन दिने विषादी व्यवस्थापन तालिम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र गौर, रौतहटको आयोजना तथा बाली संरक्षण प्रयोगशाला, सिरहाको सहकार्यमा विषादी व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।

जिल्लाकाे गरुडा नगरपालिका स्थित रहेका कृषि शाखा शिवनगरमा संचालन तथा सम्पन्न गरेको छ । सो विषादी व्यवस्थापन तालिममा ३० जना प्रत्येक नगरपालिका तथा गाउँपालिकाबाट सहभागी भएका थिए । कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख, कमलदेव प्रसाद कुशवाहा, बाली संरक्षण प्रयोगशाला, सिरहाका प्रमुख, मोहन महतो, बालि संरक्षण अधिकृत मिश्रीलाल यादव, कृषि अर्थ विज्ञ, विपलव कुमार गुप्ताले प्रशिक्षण गर्नु भएको थियो ।

सो तालिम समापन तथा प्रमाण पत्र वितरण समारोहको प्रमुख अतिथि गरुडा नगर पालिकाको नगर प्रमुख कन्तमणी जैयसवालले रहनु भएको थियो । तालिमबाट विषादी प्रयोगमा विशेष सहयोग मिल्ने तथा प्रभावकारी भएको सहभागीहरुको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar