Breaking News

गुजराकाे हर हर महादेव मन्दिर सहयोगको पर्खाइमा

आरके श्रीवास्तव,गरूडा,माघ ०६ गते 

राैतहटकाे गुजरा नगरपालिका ३ कनकपुर सिमराकाे हर हर महादेव गुफा मन्दिर सहयोगको पर्खाइमा रहेको देखिएको छ । हर हर महादेव गुफा मन्दिरको निर्माण कार्य लगभग ८० प्रतिशतको सम्पन्न भएको मन्दिरका पुजारी एकताले झुनझुनिया बाबाले बताउनु भएको छ ।

विक्रम सम्वत २०५५ सालदेखि आफ्नो घर परिवारलाई त्यागेर शिव आराधनामा लागेका तथा आफू भगवान महादेवको लागि आफ्नो जीवन नै दान गरिदिएको पुजारी जगत नारायण तिवारी उर्फ एकताले झुनझुनिया बाबाले आफ्नो निजी जग्गा २ कठ्ठा क्षत्रफलमा हर हर महादेव गुफा मन्दिर निर्माण गरेका हुन् । उहाले गर्नु भएको निर्माण कार्यमा केही सहयोगी दाताहरुको सहयोग रहेपनि मन्दिरको सम्पूर्ण निर्माण कार्यका लागि अपुग भएको बताउनु भएको छ ।

लगभग २० प्रतिशत मात्र कार्य बाकी रहेकाे निर्माणाधीन हर हर महादेव गुफा मन्दिर ५ तल्ले तथा मन्दिर भित्रको शिव लिङ्ग २७ फिट अग्लो (उचाई भएको) रहेको बताउनु भएको छ ।

साथै यस मन्दिरको निर्माण कार्यमा आफू सक्दो जति चन्दा संकलन गरेर गरे पनि अपुग भएको कारण मन्दिरको सम्पूर्ण निर्माण कार्य लगायत मूर्ति स्थापना सम्म गर्न नसकेको दुःख व्यक्त गर्नु भएको छ । मन्दिरको ग्राउन्ड तल्लामा प्लास्टर र पाँचौ तल्लाको छाना लगायत केही मात्र रंग रोदनको कार्य अधुरो रहेकोले सम्बन्धित सम्पूर्ण जनमानसमा सहयोगको लागि अपील समेत गरेका छन ।

यसका साथै मन्दिरका पुजारी एकताले झुनझुनिया बाबाले मन्दिरको निर्माण कार्य सम्पन्न भएपछि मूर्ति स्थापना गरी मन्दिर समेत मन्दिर परिसरको २ कठ्ठा जग्गा पनि सार्वजनिक रुपमा हर हर महादेवको नाममा दान दिने गरि घोषणा गर्ने प्रतिबद्धता गरेका हुन् ।

त्यस्तै मन्दिरको निर्माण कालदेखि नै आइरहेका विभिन्न समस्याहरुको सामना गर्दै यहाँ सम्म पुर्याउनु हुने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै मन्दिरको लागि अझ कायम रहेको बाटो सम्बन्धी समस्यालाई सम्बन्धित निकायले पहल गरि मन्दिरको बाटो निकासको आवश्यकता लाई पूरा गरिदिनुहुन अनुरोध समेत गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar