Breaking News

विद्यार्थीले गरे वेष्ट फ्रम वेष्ट प्रदर्शनी

भक्तपुर, ६ माघ

भक्तपुरको एउटा स्कुलका विद्यार्थीले खेर गएको सामानको उपयोगबाट बनाइएको शुक्रबार प्रदर्शन गरेका छन् । भक्तपुरको एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले जाडो विदामा गृहकार्यको रूपमा दिएको खेर जाने सामान वस्तुहरुबाट बनेको सामानको प्रदर्शनी गरिएको छ ।

स्कुलको आयोजनामा भएको यस कार्यक्रमलाई वेष्ट फ्रम वेष्ट इक्जिविशन नामाकरण गरिएको छ । स्कुलमा अध्ययनरत छात्रछात्राहरुले खेर जाने वस्तुबाट बनाइएका विभिन्न सामानको एकदिने प्रदर्शनी भएको हो ।

स्कुलमा अध्ययनरत एक हजार भन्दा वढी विद्यार्थीले एक हजारभन्दा बढी प्रकारका सामानहरु बनाई प्रदर्शन गरिएको हो । आआफूले बनाएका सामानहरु स्कुलका सवै विद्यार्थीलाई लहरै लगिएर प्रदर्शनीको अवलोकन गराइएको थियो । बिहान साढे १० बजेदेखि दुई बजेसम्म विद्यार्थीलाई पालैपालै प्रदर्शनीस्थलमा लगेर अवलोकन गराइएको थियो ।

छात्रछात्राहरुलाई क्रियटिभ बनाउन सहयोग गर्नुका साथै खेर जाने सामानलाई पनि उपयोग गर्न सकिन्छ भन्ने सन्देश दिन प्रत्येक वर्षमा एक पटक यस्तो कार्यक्रम गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए ।

तीन वटा आर अर्थात् रिड्युस, रियुज र रिसाइकल भन्ने मन्त्रका साथ कार्यक्रम गर्दै आएको स्कुलले जनाएको छ । विद्यार्थीले खेर जाने कागज, प्लाष्टिक, प्याल्ष्किका बोटल, सिसालगायतबाट प्रयोग गर्न मिल्ने र डेकोरेशनका विभिन्न सामान बनाएका थिए ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar