Breaking News

राैतहट प्रहरीले भतिजाकाे हत्या आराेपीत काका सहित दुई जनालाई गर्याे सार्वजनिक

राैतहट,माघ ०६ गते

राैतहट प्रहरीले भतिजाकाे हत्या आराेपीत काका सहित दुई जनालाई सार्वजनिक गरेको छ । बालकको हत्या गरि शव नदीमा फालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय राैतहटले पत्रकार सम्मेलन गरि जिल्लाको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा प्रहरीले उनका काका जयराम महतो कोइरी र सोही ठाउँका सञ्जय रामलाई पक्राउ गरेको छ । जग्गा सम्बन्धी पुरानो रिसवी र सधैंको झगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन मार्फत दाबी गरेको छ ।

गत वर्ष मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा फेला परेको थियो । २५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीको आरोप छ ।

उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत प्रहरीले फेला पारेको छ । पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कानूनी कारबाही अगाडी बढाएको प्रहरी उपरीक्षक बुढामगरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar