Breaking News

नेपाल राष्ट्रिय कर्मचारी संगठन (अछाम) जिल्ला कार्य समिति गठन

काठमाडौं, ६ माघ

नेपाल राष्ट्रिय कर्मचारी संगठन (अछाम) जिल्ला कार्य समिति गठन भएको छ । पाँचौं जिल्ला अधिवेशनबाट झपटबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा दिलाकुमारी साउद, तपेन्द्र साउद र दीपक पाण्डे निर्वाचित भएका छन् । यस्तै सचिवमा धुर्व विक, सहसचिवमा रमेश न्यौपाने, कोषाध्यक्षमा जौला धामी निर्वाचित भएका छन् ।

सदस्यहरूमा भूपेन्द्र बुढा, शंकर थापा, होम साउँद, नरेन्द्र बुढा, भरत शाही, नरेन्द्र वोहरा, दिल्ली रावल र कालु विक निर्वाचित भएका छन् । समितिका निवर्तमान उपाध्यक्ष हर्कबहादुर शाहीको अध्यतामा नयाँ कार्य समिति गठन भएको हो ।

कार्यक्रमका प्रमुख अथिति नेकपा माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्य तथा अछाम जिल्ला सह-इन्चार्ज सरस्वती रावल रहेकी थिइन् । कार्यक्रममा १ सय २५ जना कर्मचारीको उपस्थिति रहेको थियो ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar