Breaking News

काठमाडौंका आचार्य परिवारले फतुवा बिजयपुरकाे एक विद्यालयका विधार्थीलाई गरे स्वीटर,टाेपी र ब्याग सहयोग

आरके श्रीवास्तव,गरूडा,माघ ०५ गते
सहयोगी मन भएका मानिसहरूकाे अहिलेका जमानामा पनि कम्ती छैनन् । यसकाे प्रत्यक्ष उदाहरण राैतहटकाे फतुवा बिजयपुरमा रहेको एक प्राथमिक बिधालयमा मंगलबार हेर्न पाइयो । साे नगरपालिकाकाे वडा नम्बर १ गम्हरियामा रहेकाे श्री दलित प्राथमिक बिधालयका २१० विद्यार्थीले जाडोमा न्यानो स्विटर,टाेपी र ब्याग उपहार पाएका छन् ।
काठमाडौं महानगरपालिका -४ विशाल नगर चण्डाल निवासी आचार्य परिवार बाट सङ्कलित रकमबाट दलित प्राविका विद्यार्थीलाई स्विटर,टाेपी र ब्याग वितरण गरिएको हो । यति मात्रै हाेइन् कि चिसाेचिसाे माैसममा ताताे ताताे खाजाकाे पनि व्यवस्था सँगै गरेर ल्याएका थिए ।
आचार्य परिवारका प्रतिमा आचार्यसँगै उनकी आमा सुसीला आचार्य, संतोष आचार्य, अंजनी आचार्य, उत्तम आचार्य सहित आचार्य परिवार सहयोग गर्न कठ्यांग्रिदाे चिसाेमा राैतहट आई पुगेका थिए । विभिन्न मिडियाहरूमा भवन अभावमा बिधालयका बालबालिका चिसाेमा बाेरामा बसेर पढन् बाध्य लगायत बिधालयकाे दयनीय अवस्था बारे समाचारहरू बाहिर आएकाे थियाे । उक्त समाचारकै प्रभावले आचार्य परिवार काठमाडौं बाट राैतहट आई सहयाेग गरेका हुन् । आचार्य परिवारकाे उक्त कार्यकाे अभिभावकहरूले सराहना गरेका छन् ।
साे वितरणकाे क्रममा फतुवा बिजयपुर नपा १ का वडा अध्यक्ष बिजय यादव, नगरपालिकाका शिक्षा संयोजक तेजनारायण यादव, श्री दलित प्राथमिक विद्यालय गम्हरिया का प्र. अ. राजेन्द्र हजरा सहित विद्यालयका विद्यार्थी, अभिभावक र स्थानीय समाजसेवी भद्रभलादमी र पत्रकारहरुले पनि सहयोग गरेका थिए ।
     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar