Breaking News

कटहरियाका मेयर जयसवालले विधुतमा पहुँच पुर्याउन गरे पाेलकाे व्यवस्था

आरके श्रीवास्तव,गरुडा,माघ ०५ गते

राैतहटकाे कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवालले विधुतमा पहुँच पुर्याउन पाेलकाे व्यवस्था गरेका छन् । याे कार्यकाे सुरूआत उनले कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरिया टाेल बाट गरेका छन् ।

साे टाेलमा उनले ७९ वटा विधुत पाेलकाे व्यवस्था गराएका छन् । साथै उनले २ सय वाटकाे ट्रन्सफर्मरकाे पनि व्यवस्था मिलाएका छन् । बारम्बार डुमरिया टाेलमा बति आउने जाने समस्या उत्पन्न हुन थालेपछि उनले ट्रान्सर्फमरकाे पनि व्यवस्थापन गरेका हुन् ।

नगरवासीकाे माग अनुसार नै उनले कटहरिया नगरपालिकाको नगर क्षेत्र भरि विधुतको पहुँच पुर्याउने उदेश्यले नपा को वडा नम्बर १ देखि ९ सम्म आवश्यक पर्ने विधुत पोलको संख्या त्याहा वडा कार्यालय बाट प्रमाणित गरी सात दिन भित्र नगरपालिकामा पेश गर्न अनुरोध गरेका थिए ।

साे अनुरूप वडा नम्बर ९ बाट माग भए बमोजिम विधुत पाेल उपलब्ध गराएका हुन् । अन्य वडाकाे माग अनुसार विधुत पाेल क्रमशः उपलब्ध गराउँदै जाने मेयर जयसवालले बताएका छन् । नगर प्रमुख जयसवालले भने,’ नगर भरिको सबै वडा कार्यालयमा विधुत पोल वितरण सम्बन्धमा पत्र काटेको छाै । माग भए अनुसार उचित संख्यामा पाेल उपलब्ध गराईनेछ । वर्षाैंदेखि विधुत पाेलकाे अभाव कटहरिया नगरवासीलाई थियो ।

विधुत पाेलकाे माग पहिलाकाे स्थानीय सरकारकाे पालामा पनि गरेका थिए । तर पाेल व्यवस्थापन हुन सकेको थिएन् । वर्तमान स्थानीय सरकारका नगरप्रमुख अजय प्रकाश जयसवालले सक्रियता देखाइ नगरवासीकाे आवश्यकता लाई मध्यनजर गरि विधुत पाेल व्यवस्था गरेका हुन् ।

यति संख्यामा विधुत पाेल व्यवस्था भएपछि लगभग अधिकांश ठाउँकाे समस्या समाधान हुने जानकारहरू बताउँछन् । मेयर जयसवालकाे याे कार्यकाे नगरवासीले सराहना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar