Breaking News

कटहरियाका मेयर जयसवालले गरे स्वास्थ्य शाखालाइ औषधी हस्तान्तरण

आरके श्रीवास्तव,गरुडा,माघ ०२ गते

रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले औषधी हस्तान्तरण गरेका छन् । सो नगरपालिकाका स्वास्थ्य संयोजक संजय साहललाइ नगरभरिको सबै स्वास्थ्य संस्थामा औषधी उपलब्ध गराउनका लागि औषधी हस्तान्तरण गरेका हुन् ।

कटहरिया नगरपालिका प्रांगणमा करिब ३ लाख मुल्य बराबरको औषधी हस्तान्तरण गरेका हुन् । सोमबार आयोजित एक कार्यक्रमका बीच मेयर जयसवालले स्वास्थ्य संयोजक साहलाई सो औषधी हस्तान्तरण गरेका हुन् ।

आफनै पहलकदमीमा मेयर जयसवालले मधेश प्रदेश सरकारको प्रदेश जनस्वास्थ्य कार्यालय जनकपुरधामको सहयोगमा प्राप्त विभिन्न औषधी नगर भरिको स्वास्थ्य संस्थालाई प्रदान गर्न उनलाइ दिएका हुन् ।

नगरवासीहरुलाइ औषधीको अभाव नहोस् भन्ने उद्देश्यले उक्त औषधी हस्तान्तरण गरेको उनले बताए । नगरवासीको स्वास्थ्यको मध्य नजरगरि ती औषधीहरु वितरण गरिएको उनले बताए ।

औषधी अस्तान्तरणको अवसरमा वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,पूर्व वार्ड अध्यक्ष उमेश यादव,योजना शाखा प्रमुख रामनरेश यादव,शिक्षा संयोजक अनिल निधी,सह संयोजक सुरेन्द्र ठाकुर,कटहरिया म्यूजिकल एफएमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठ सहित कार्यपालिका सदस्य जामुन ठाकुर भद्रभलादमी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Bajjikanchal Khabar